नेकपा एमाले पोखरा महानगरको ११ औ बैठक सम्पन्न

पाेखरा | असार ५, २०८०

नेकपा एमाले पोखरा महानगरको ११ औ बैठक सम्पन्न

पोखरा:   नेकपा एमाले पोखरा महानगर कमिटीको ११ औ पूर्ण बैठक सम्पन्न भएको छ ।

 

नेकपा एमाले कास्की इन्चार्ज थममाया थापाको प्रमुख आतिथ्यता आज बैठक सम्पन्न भएको हो ।

 

कमिटी बैठकले कार्यकर्ताले पालना गर्नुपर्ने २२ बुँदे आचार संहिता पास गरेको कमिटीका अध्यक्ष दिलिप न्यौपानेले जानकारी दिए ।

 

उनका अनुसार मदन भण्डारीको जयन्तीको दिनमा महानगर कमिटीका सदस्यले आफ्नो घर वा टोल क्षेत्रमा कम्तीमा २ वटा विरुवा रोप्ने, नियमित रुपमा पार्टी स्कुल सन्चालन गर्ने योजना तयारी गर्ने, असार १४ गते मदन जयन्तीको दिनमा विशेष कार्यक्रम सन्चालन गर्ने, विभागहरुलाई पूर्णता दिनुका साथै वडा कमिटीका इन्चार्जहरुको जिम्मेवारी हेरफेर समेतको निर्णय गरेको छ ।

 

 बैठकमा नेकपा एमालेका कास्की इन्चार्ज थममाया थापा ,महानगर इन्चार्ज कृष्ण थापा ,जिल्ला उपाध्यक्ष तेजनारायण अधिकारीले मार्गनिर्देशन गरेका थिए ।
 

काठमाडौं ।    नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा पून्यप्रसाद सिटौला (सरोज) निर्वाचित भएका छन् ।    पोखरामा भएको महासंघको सातौँ महाधिवेशनबाट सिटौला अध्यक्षमा निर्वाचित...

थप पढ्नुहोस्

पोखरा ।    कास्कीको मादी गाउँपालिका ८ को आयोजनामा सबुपोखरी पदमार्गको प्रवद्र्धन गर्ने उद्देश्यसहित २ दिने हाइकिङको आयोजना गरिएको छ ।   नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, अन्नपूर्ण संरक्षण क्षेत्...

थप पढ्नुहोस्

कास्की —पोखराको अमरसिंह चोकबाट एक महिला बेपत्ता भएकी छन् ।   मादी गाउँपालिका ८ पाखुरीकोट मिजुरे माइतीघर भई हाल रामबजार बस्ने रितु गुरुङ विगत केही दिनदेखि बेपत्ता भएकी हुन् ।   ...

थप पढ्नुहोस्